टाटा मोटर्स् तेस्रोे ग्लोबल सर्भिस क्याम्प भव्यताका साथ सम्पन्न
नेपालका लागि टाटा मोटर्स् को अधिकृत बिक्रेता सिप्रदी टेडिङ्ग प्रा.लि.ले ग्लोबल सर्भिस क्याम्प यही मंसिर १२ देखि १४ गते सम्म संचालनमा ल्याएको छ । टाटा मोटर्स् कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख श्री रुद्ररुप मैत्रा तथा सिप्रदी ट्रडिङ प्रा. लि. का कार्यकारी अध्यक्ष श्री सिद्धार्थ शमशेर ज.ब.रा संयुक्तरुपमा उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 
 
उक्त उद्घाटन समारोहमा श्री रुद्ररुप मैत्रा टाटा मोटर्स् कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुखले सम्पूर्ण सिप्रदी तथा टाटा मोटर्सका कर्मचारी, ग्राहकहरु, मिडिया, तथा सहभागीहरुलाई सम्बोधन तथा बधाई दिदै यस वर्ष पनि ४६ देशहरु भन्दा उत्कृष्ट प्रदर्शनको शुभकामना दिनुभयो ।
 
समारोहमा सिप्रदी ट्रडिङ प्रा. लि.का कार्यकारी अध्यक्ष श्री सिद्धार्थ शमशेर ज.ब.रा टाटा मोटर्स र सिप्रदीको सम्बन्ध ३७ वर्ष पूर्ण भएकोमा शुभकामना र यसको श्रय सबै ग्राहक महानुभाबहरुको अटुट विश्वास, कर्मचारीहरुको निरन्तर मिहिनेत र लगनशीलता, मिडिया साथीहरुको साथका लागि धन्यबाद दिनु भयो । यस्तो प्रकारको कार्यक्रमले ग्राहकहरु बीचको सम्बन्ध पनि प्रगाढ हुने बताए ।
 
गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४६ राष्ट्र लगायत नेपालका ३८ विभिन्न स्थानहरुमा आयोजित गरिएको छ । यस ग्लोबल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स्का सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ । यस क्याम्पमा चालकहरुका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ्ग सम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टस्मा विशेष छुट, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टस्मा आकर्षक अफर, जस्ता प्रमुख विशेषताहरु छन् । 
 
सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले यसै अवसर पारेर टाटा मोटर्स्को नवीनतम प्रस्तुति Winger मिनि बसको औपचारिक उद्घाटन गर्नुका साथै साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न गरियो । त्यस क्याम्पमा एक्साईड ब्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक ल्यूब्रिकेन्टस्, शिखर इन्सुरेन्स,  एपोलो टायर आदि ब्राण्डहरुले सहभागिता जनाए ।
 
सो अवसरमा टाटा योद्घा एक वर्ष भित्र एक हजार भन्दा माथि गाडि बिक्रि वितरण गरिएको पनि जानकारी गराए । त्यसै गरि बालबालिकाको सुरक्षित विद्यालय यात्रालाई ध्यानमा राखि एक सन्देश मुलक भिडियो पनि रिलीज गरिएको थियो । देशका विभिन्न कुनामा भएका मेकानिकलाई निःशुल्क गाडि मर्मत तालिम दिई, अझ सक्षम बनाउनका लागि Skill up कार्यक्रमको घोषणा पनि गरिएको थियो । 
 
विश्वभर एकैसाथ हुने टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो नेपालमा तेस्रोे संस्करण हो । विभिन्न स्टेजहरुद्वारा सुसज्जित यस क्याम्पमा टाटाद्वारा आयोजित विभिन्न कार्यक्रमहरुको अवलोकन गर्न पाइनेछ । आर्कषक योजना, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न विषयहरुमा सचेतना, विभिन्न सेवा आदि यस क्याम्पका मुख्य आकर्षणहरु हुन् ।
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001