निःशुल्क ब्याट्री मर्मत गरिदिँदै सिप्रदी

बाटोमा जाँदाजाँदै तपाईंको गाडीको ब्याट्रीमा समस्या देखियो भने तपाईं के गर्नुहुन्छ ? पक्कै कोही मेकाानिकलाई फोन गर्नुहुन्छ । मेकानिकले यसका लागि पक्के पनि महँगो चार्ज लिनेछ । यस्तो आपतकालीन अवस्थामा कोही आएर तपाईंको ब्याट्री निःशुल्क मर्मत गरिदिन्छ भन्दा पत्याउनुहुन्छ ? पक्कै पत्याउनुहुन्न ।

सिप्रदी ट्रेडिङले यस्तै सेवा दिँदै आएको छ, त्यो पनि विगत १८ वर्षदेखि निरन्तर ।

सिप्रदीको ‘ब्याट मोबाइल’ सर्भिसमा सम्पर्क गरेपछि कम्पनीका प्रतिनिधि तपाईं भएकै ठाउँमा आइपुग्छन् । सिप्रदीको यो सेवा प्राप्त गर्न तपाईंको ब्याट्री एक्साइड नभएपनि हुन्छ । तर, तपाईंको गाडी कुनै हालतमा स्टार्ट हुन्छ, आवश्यक परे अर्को ब्याट्री रिप्लेस गरिदिने सिप्रदीको दावी छ । गाडीमात्र नभएर मोटरसाइकल र घरमै गएर पनि सिप्रदीले ब्याट्रिको सर्भिसिङ गरिदिन्छ ।

हो, एक्साइड ब्याट्रीको नेपालका लाग एक्सक्लुसिभ विक्रेता सिप्रदी ट्रेडिङले सेल्सभन्दा बढी आफ्टर सेल्स सर्भिसमा विषेश ध्यान दिने गरेको छ । त्यसैका लागि कम्पनीले देशभर सर्भिसका लागि मात्रै १० वटा सर्भिस नेटवर्क स्थापना गरेको जानकारी दिएको छ । 

गाडी अफरोड भएको अवस्थामा अनरोड बनाउने काम सिप्रदीले गरेको छ । सिप्रदीले उपभोक्तालाई समस्या परेको स्थानमै गएर सेवा प्रदान गर्न ९ वटा स्कुटर तैनाथ राखेको हुन्छ । 
“अन द स्पट वारेन्ीट सेटलमेन्ट” अन्तर्गत कम्पनीले ब्याट्री बिग्रिएकै स्थानमा वारेन्टी प्रदान गर्दछ । सिप्रदीले ब्याट्री सर्भिसिङ गर्न आवश्यक सबै खर्च आफैं बेहोर्ने गरेको छ । एउटा ब्याट्री सर्भिसिङ गर्दा ५–६ लिटर डिस्टिलरी वाटर आवश्यक पर्छ, उपभोक्ताले त्यसको समेत पैसा 

तिर्नुपर्दैन ।

सिप्रदीले “मिडट्रोनिक्स”  नाम गरको डिभाइसको आधारमा ब्याट्रीको मर्मत वा रिप्लेस गर्दछ । यसले ब्याट्रीको अवस्था अध्ययन गरेर रिपोर्ट प्रिन्ट गर्ने गर्दछ ।

कम्पनीले गाडीको हकमा ब्याटमोबाइलमार्फत् मर्मत सेवा दिन्छ भने मोटरसाइकलको हकमा सिप्रदीसँग ग्यारेजमा गएर ब्याट्री मर्मत गर्ने ८ जनाको डडिकेटेड टिम छ । मोटरसाइलको ब्याट्री बिग्रिएको अवस्थामा ग्यारेजमा पुर्याएपछि त्यहाँबाट कल आएकोमा सो टिम “मिडट्रोनिक्स” बोकेर ग्यारेजसम्म पुग्छ । 


होम सर्भिस पनि

होम सर्भिसमा भने कम्पनीले १ सय रुपैयाँ लिन थालेको छ । अहिले यो रकम सामान्य बनिसकेको अवस्थामा भ्यालु बढाउनको लागि यो लिन थालेको कम्पनीको दावी छ ।
यसको लागि रजिस्टर गरेर पालो आएपछि सेवा प्राप्त गर्न सकिन्छ । यसका अलवा कम्पनीले निःशुल्क काउन्सिलिङ सेवा पनि दिने गरेको छ, जसबाट उपभोक्ताले टेलिफोनको माध्यमबाट इन्भर्टर तथा ब्याट्रीमा आएको समस्या आफैंले समाधान गर्न सक्छन् ।

ब्याट्रीमा भ्यालु एडेड सर्भिस प्रदान गर्ने सिप्रदी एकमात्र कम्पनी हो । सर्वसाधारणलाई भ्यालु एडेड सर्भिस दिने उद्देश्यले कम्पनीले सशक्त ब्याट्री बेच्दै आएको छ । त्यसमा पनि समस्या देखिए वारेन्टी प्रदान गरी उपभोक्तालाई सुविधा प्रदान गरिएको कम्पनीको दावी छ ।

नेपालको ब्याट्री इतिहास सिप्रदीको भूमिका

सन् २००० मा सिप्रदी ट्रेडिङले नेपालमा ब्याट्रीको डिलरशिप सुरु गर्दा परिस्थिति त्यति सहज भने थिएन । त्यसबेलाको ब्याट्री रबर ब्याट्री हुन्थ्यो । सो समय ब्याट्रीका पार्टपुर्जा नेपाल ल्याएर एसेम्बल गर्नुपर्थ्यो । सो ब्याट्रीमा कम्पनीले नै एसिडको लेभल मिलाएर डिस्टिलरी वाटर राखेर चार्ज गरेर बेच्नुपर्थ्यो । सो समय जोसुकैले ब्याट्री बनाउन सक्थे । लोकल ब्याट्री पर्याप्त पाउन सकिन्थ्यो ।

सोबेला भारतबाट ट्रक तथा गाडीमा राख्न मिल्ने एक्स्प्रेस ब्याट्री आयात हुन्थ्यो । एक्साइडले उत्पादन गरेको सो ब्याट्रीमा भाइब्रेट हुँदा पनि कुनै असर पर्दैनथ्यो । यस्ता लङटर्म पर्फर्मेन्स गर्ने ब्याट्रीको बिक्री बढ्दा एक्साइडको मार्केट सेयर बढेको हो ।

सिप्रदीले २००० मा पहिलो वर्ष नै ४८४ वटा ब्याट्री बिक्री गरेको थियो । सोबेलाको लोकल र चाइनिज ब्याट्री सस्तोमा पाइने भएकाले उनैको दवदवा थियो ।

सिप्रदीले नेपालमा ब्याट्री आयात गर्न थालेदेखि ब्याट्रीमा वारेन्टी प्राप्त हुन थाल्यो । सोबेला नै सिप्रदीले टेकुमा सुविधासम्पन्न वर्कसप खोल्यो । त्यसपछि टाटा (सिप्रदी)को सर्भिस सेन्टर जहाँजहाँ खुल्दै गयो, सिप्रदीले ब्याट्रीको सर्भिस सेन्टर पनि सोही स्थानमा खुल्दै गयो ।

यसैगरी एक्साइडले हार्ड रबर ब्याट्री रिप्लेस गर्दै चार्ज पनि गर्न नपर्ने “रेडि टु युज” ब्याट्री आयात गर्न थाल्यो । प्रविधिको विकाससँगै एक्साइडले भिन्न सवारी साधनका लागि भिन्न किसिमका ब्याट्री आयात गर्न थाल्यो ।

त्यससँगै ब्याट्रीको गुणस्तर बढ्दै गयो, वारेन्टी बढ्दै गयो, र आफ्टर सेल्स सर्भिस पनि बढ्दै गयो । यसकारण, नेपालको सबैभन्दा ठूलो नेटवर्क भएको ब्याट्रीको वितरक बन्यो ।
एक्साइडको मार्केट सेयर बढ्नुको कारण कम्पनीले बढाएको डिलरशिप पनि हो । हाल कम्पनीको देशभर २२७ वटा डिलर रहेका छन् । 

१८ वर्ष निःशुल्क सर्भिस दिइरहेको सिप्रदीले केही दिनदेखि भने होम सर्भिसमा १०० रुपैयाँ शुल्क लिन थालेको छ । यसैगरी घरमा इन्भर्टरमा समस्या आएको छ भने पनि सिप्रदीका मेकानिक १ घण्टामै तपाईंको घरमा पुग्छन् ।

यतिको सुविधा हुँदाहुँदै पनि उपभोक्ता यसप्रति सचेत नभएको कम्पनी बताउँछ । यसैगरी बजारमा उस्तै देखिने ब्याट्री ९८ प्रतिसतसम्म सस्तोमा पाइने गरेको सिप्रदीको दावी छ । यसले उपभोक्ता ठगिने गरेका छन् । माइक्रोवेभ र फ्रिज किन्दा वारेन्टी कार्ड माग्ने उपभोक्ता ब्याट्री किन्दा सजग नभएको सिप्रदीको गुनासो छ ।

सिप्रदी विस्तारै डिजिटल बन्दैछ । कम्पनीका अनुसार एउटा एपको माध्यमबाट ब्याट्रीको मर्मत हुने हुँदा उपभोक्ताको टेलिफोन खर्च पनि न्यूनिकरण गरेको छ । यो ब्याट्री व्यवसायमा नेपालमै पहिलोपटक हो । कम्पनीले डिजिटल वारेन्टि कार्डको सुविधा पनि प्रदान गर्न लागेको छ ।

कम्पनीले देशैभर ब्याट्री सर्भिस उपलब्ध गराउन सर्भिस डिलर विस्तार गरेर २० पुर्याउने योजना बनाएको छ । कम्पनीले विस्तारै ब्याट्री भनेकै “एक्साइड” हो भन्नेगरी सेवा विस्तार गर्ने योजना बनाएको छ ।

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001