एक्साइडद्वारा डिलरहरुलाई दुबई र अजरबैजनको भ्रमण

सिप्रदी ट्रेडिङ्ग प्रा. लि. अन्तर्गत एक्साइड ब्याट्रीले हालै आफ्ना डिलरहरुलाई दुबई र अजरबैजनको भ्रमण गराएको छ ।

उक्त भ्रमणमा कम्पनीले डिलर मिटको आयोजना गरी श्री चण्डेश्वरी इलेक्ट्रिस एण्ड इलेक्ट्रोनिक्स सप्लायर्सलाई सर्वाधिक बिक्री गर्ने बिधामा प्रथम, स्वस्तिक अटो इलेक्ट्रिक्स् कन्सर्नलाई द्वितीय र न्यु अटो इलेक्ट्रिक्स् सेन्टरलाई तृतीय उपाधिले सम्मानित पनि गरेको छ ।

आफ्ना डिलरको मानसिक र बौद्घिक विकासका साथै मनोरन्जनका लागि यस कार्यक्रमको आयोजना गरिएको सिप्रदी ट्रेडिङ्गका महाप्रबन्धक सुरेश कुमार तिवारीले बताए । यस्ता कार्यक्रमले डिलरहरुमा थप उर्जा दिने काम गरेकाले अब आउने दिनहरुमा युरोप जस्ता बिकसित देशको भ्रमण गराउने योजना रहेको कम्पनीले जनाउको छ ।

 

Download