नाडा अटोमोबाइल्स एशोसियसनको अध्यक्षमा दाहाल

नाडा अटोमोबाइएल्स एशोसियशनअफ नेपालको अध्यक्षमा शम्भु दाहाल निर्वाचित भएका छन् । प्रतिस्पर्धी राम कँडेललाई भारी मतान्तरले पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

दाहाल ६ सय ६० मतका साथ विजयी हुँदा कँडेलले ६८ मत मात्रै पाए । सिप्रदी ट्रेडिङ प्रालिका निर्देश रहेका दाहाल यसअघि नाडाको उपाध्यक्ष थिए ।

नाडाको सदस्यहरुमा दाहाल प्यानलले नै जित हात पारेको छ । नाडाको सदस्यहरुमा सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, कृष्णप्रसाद दुलाल, करणकुमार चौधरी, अभिक ज्योती, विक्रम सिंघानिया, नन्दकिशोर शाही र निलमणि पाठक, प्रकाश कपुरी, सुरज भट्टराई, दीपक अग्रवाल, मिलनबाबु मल्ल र पंकज अग्रवाल चुनिएका छन् ।

नाडा अध्यक्षमा चुनिएपछि दाहालले सबै पक्षलाई समेटेर अटोमोबाइल क्षेत्रलाई थप समुन्नत र व्यवस्थित बनाउने बताए । अटो क्षेत्रलाई हेर्ने धारणामा परिवर्तन ल्याउने गरी काम गर्ने विषय उनले चुनावअघि नै उठाउँदै आएका थिए ।

 

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001