सिप्रदिले मनायो राष्ट्रिय भुकम्प सुरक्षा दिवस

सिप्रदि ट्रेडिङ्गले २० औ राष्ट्रिय भुकम्प सुरक्षा दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ। "सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार" भन्ने मुल नाराका साथ सिप्रदिले देशैभरि फैलिएका आफ्ना साखाहरुमा बिभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी उक्त​ दिवस​ मनाएको हो।

नेपालमा विक्रम सम्बत् १९९० साल माघ २ गते ८ दशमलव ३ रेक्टर स्केलको भुकम्प जाँदा आठ हजार पाँच सय १९ जनाको ज्यान गएको थियो भने काठमाडौ उपत्यकामा मात्रै ४ हजार दुई सय ६९ जनाले ज्यान गुमाएका थिए । यसैगरी बि.स. २०७२ साल बैसाख १२ गते गएको भुकम्पमा परि करिब दश हजार जनाको ज्यान ग​एको थियो।​

नेपाल जमिनमुनिको प्रकोप अथवा भूकम्पीय जोखिमका दृष्टिले ११ औ जोखिमयुक्त क्षेत्रमा पर्छ भने काठमाडौ सबैभन्दा बढी जोखिमयुक्त शहर हो । ९० सालको जत्रो भूकम्प फेरि गएमा काठमाण्डू लगायत एकलाख भन्दा धेरैको ज्यान जाने र तीनलाख भन्दा धेरै घाइते हुने सरकारले अनुमान गर्दै आएको छ । उक्त परिस्थितीलाई मध्यनजर गर्दै सिप्रदिले भुकम्प आएको बेला कसरी आफु सुरक्षित हुने, अरुलाई कसरि सुरक्षित गर्ने, र​ घाइतेहरुको कसरि उद्दार गर्ने  जस्ता उदारणिय​ कार्यक्रम गर्दै मनाएको हो।

सन् १९८२ मा स्थापीत सिप्रदी ट्रेडीङ्ग प्रालीले टाटा मोटर्सका विभीन्न गाडीहरु नेपालमा विक्री वितरण गर्दै आईरहेको छ । नेपाल भरी २४ वटा विक्री पश्चात सेवा दिने केन्द्रहरु रहेको यस कम्पनीले ग्राहकहरुको सन्तुष्टीको लागी पूर्णरुपमा सेवाहरु प्रदान गर्दै आईरहेको छ । नेपाल सरकारले पनि धेरै पटक सवै भन्दा बढी कर तिर्ने सस्थांको रुपमा सिप्रदी ट्रेडिङ्गलाई सम्मान गरिसकेको छ ।

यसैगरि सिप्रदिले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्न सन २०१२ सिप्रदियन सहायता नामक संस्थाको स्थापना गरिसकेको छ। उक्त संस्थाले स्थापनाकाल देखि प्राकृतिक बिपत्ति र प्रकोप मा परेका ब्यक्तिहरुका लागी आपत्कालीन राहत र पुर्नःस्थापनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । संस्थाले नेपालको शिक्षा क्षेत्रमा गरिब तथा जेहेन्दार बालबालीकाहरुलाई छात्रवृती प्रदान गर्नुका साथै दुर्गम क्षेत्रमा प्रौढ शिक्षालाई प्राथमिकता दिदै आएको छ र​ बरिष्ठ नागरिक, अनाथ तथा असाहय ब्यक्तिहरुलाई समेत सहयोग गर्दै आएको छ।

 

 

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001