कनम्याक २०१८ मा सिप्रदी र टाटा हिटाचीः आऔ देश बनाउँ

कनम्याक नेपाल २०१८ मा सहभागी भइ, सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडसँगको सहकार्यमा, टाटा हिटाचीले नयाँ EX200 Super + हाइड्रोलिक एस्काभेटर र कम्प्याक्ट र शक्तिशाली मिनी एस्काभेटर ZAXIS33U सार्वजनिक गरेको छ । कार्यक्रमसहित टाटा हिटाचीका पछिल्ला उत्पादनहरूको उद्घाटन श्री सौर्य शमशेर जवरा-अध्यक्ष- सिप्रदी ग्रुप, श्री हेमन्त मथुर - वरिष्ठ महाप्रबन्धक (सेल्स एण्ड मार्केटिङ) – टाटा हिटाचीले गर्नुभएको थियो भने राजेशप्रसाद गिरी - प्रमुख संचालन अधिकृत- सिप्रदी ट्रेडिङ प्रा. लि. ले  स्वागत गर्नुभएको थियो ।

सार्वजनिक समारोहमा, श्री सौर्य शमशेर जवरा स्टेट-अफ-आर्ट प्रविधीको टाटा हिटाची उत्पादनहरू अनावरण गर्न र यो उद्योगमा र नेपालमा यसप्रकारको तिनीहरूको बेजोड टेलिमेटिक्स सोलुसन्स सार्वजनिक गर्न पाएकोमा खुसी हुनुहुन्थ्यो ।

यी बेजोड उत्पादन सार्वजनिकबाहेक, टाटा हिटाचीको स्टलमा बेजोड कार्यसम्पादन गरेको ZAXIS220 Quarry र MAX Series को TH86 backhoe loader थिए । विशिष्टकृत उद्योगका एप्लिकसेनहरूको माग पुरा गर्ने अनुकुलित सामग्रीहरू पनि प्रदर्शनमा राखिएको थियो । त्यसबाहेक, प्रदर्शनीमा टाटा हिटाचीका विभिन्न खाले जेन्युन स्पेयर पार्ट्स पनि प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रममा बोल्दै सेल्स एण्ड मार्केटिङका बरिष्ठ महाप्रबन्धक श्री हेमन्त मथुरले भन्नुभयो, "हामीलाई हाम्रो आधिकारिक डिलर साझेदार सिप्रदी अर्थमुभर्ससँगको साझेदारीमा कन्म्याकमा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ । नेपाल हाम्रा लागि महत्वपूर्ण बजार हो र हामी नयाँ इएक्स२०० सुपर+ हाइड्रोलिक एस्काभेटर र मिनी हाइड्रोलिक एक्साभेटर जेडएक्सिस३३यु सार्वजनिक गर्दा पाउँदा गर्व गर्दछौं । हामीले हाम्रा ग्राहकहरूलाई फाइदा पुग्ने विश्वासका साथ क्लिक कप्लर पनि सार्वजनिक गरेका छौं ।"

उहाँले थप्नुभयो, “हाम्रो बुथ 'आउँ देश बनाउँ' को विषयमा डिजाइन गरिएको छ । हामी हाम्रो मेसिनको प्रयोग गरेर नेपालको विकासका लागि प्रतिबद्ध छौं र हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मेसिन, उत्कृष्ट स्पेयर पार्ट्स र विक्रिपछिको उत्कृष्ट सहायता सेवामार्फत खुसी पार्ने लक्ष्य राख्दछौं ।"

 

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001