के हो क्यासलेस इन्स्योरेन्स?

के हो सिप्रदीको क्यासलेस इन्स्योरेन्स ?

 
क्यासलेस इन्स्योरेन्स भनेको नेपालको सन्दर्भमा अटोमोबाइल्स र बीमा कम्पनीको क्षेत्रमा एउटा नयाँ योजना हो, जसले सवारीसाधन दुर्घटनामा परेको खण्डमा ग्राहकले गाडी मर्मत गर्दा थोरै रकम मात्र टाटा मोटर्सको वर्कसपमा तिरे पुग्ने व्यवस्था गरेको छ। बाँकी रकम बीमा कम्पनी र सिप्रदीबीच कारोबार हुन्छ ।
 
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिंगको क्यासलेस इन्स्योरेन्स योजनामा बीमा कम्पनीहरु थपिन थालेका छन् ।
 
सिप्रदीले सुरुमा शिखर इन्स्योरेन्ससँग क्यासलेस बीमा गरेको थियो, जुन नेपालकै पहिलो हो । टाटा मोटर्सले यो योजना २०७५ मसिंर १ गते शिखर इन्स्योरेन्ससँग सम्झौता भएपछि  लागू गरेको हो ।
यो योजनामार्फत् दुर्घटना भएको खण्डमा टाटा मोटर्सका गाडी खरिदकर्ताले सिप्रदीको सर्भिस सेन्टरहरूमा नै गाडी मर्मत वा बीमा रकम दावी गर्न सक्नेछन् ।
 
 
ग्राहकले गाडी किन्दा बीमा गरिसकेका हुन्छन्, क्यासलेस इन्स्योरेन्सको सुविधाले सुरुमा गरेको बीमा नवीकरण गर्नु नपर्ने त होइन ?
 
क्यासलेस इन्स्योरेन्सको फाइदा लिन बीमाको नियमअनुसार नवीकरण गरेको  हुनैपर्छ । क्यासलेस भन्नाले सम्पूर्ण रकम भुक्तानी हुने भन्ने हुँदैन । बीमाको नियमबाट तिर्न नमिल्ने केही रकम हुन्छ किनभने बीमा भनेकै केही राहतको लागि मात्र हो । कुनै पनि आवश्यकतामा केही रकम बीमा कम्पनीले र केही रकम ग्राहक आफैँले ब्यहोर्नुपर्ने हुन्छ । त्यसैले आफूले तिर्नुपर्नेभन्दा बाहेकका रकम तिर्नु नपर्ने भएकाले क्यासलेस भनिएको हो ।
 
 
क्यासलेस इन्स्योरेन्सका नियम के के छन् ?
 
यसमा बीमाको नियमअनुसार सबै कुरा पालना गर्नुपर्छ । पहिलो कुरा भनेको सर्वग्राही नियम हुनुुपर्छ । बीमाको तेस्रो पक्ष बीमा र सर्वग्राही हुन्छ । कतिपय ग्राहकले तेस्रो पक्ष मात्रै बीमा गरेको पाइन्छ । तेस्रो पक्ष बीमामा चाहिँ यो क्यासलेस इन्स्योरेन्स दावी गर्न पाइँदैन ।
त्यसै सर्वग्राही नियम हुनुपर्‍याे र त्यो मान्य हुनुपर्छ । नवीकरण नभए दावी गर्न नै पाइँदैन । दुर्घटना भएको अवस्थामा यो मान्य हुनुपर्‍याे । यो दुई अवस्था भएपछि क्यासलेस इन्स्योरेन्स पाइन्छ । तेस्रो भनेको टाटा मोर्टसका ग्राहकको हकमा टाटा मोर्टसको गाडी हुनुपर्‍याे ।
 
 
क्यासलेस इन्स्योरेन्समा कतिसम्मको रकम दावी गर्न पाइन्छ ?
 
यसमा रकमको त्यस्तो स्पष्ट सीमा हुदैन । दावी आधिकारिक भएको पुष्टि भएपछि इन्स्योरेन्स कम्पनीले रकमअनुसार आफ्नो प्रक्रियमा केहि फेरबदल गर्नसक्छ । अब ठूलो रकमको दावी छ भने अलि विस्तृतरुपमा हेर्नुपर्ने हुन्छ । जस्तो इञ्जिनमै ठूलो क्षति भएको छ भने इञ्जिनहरु खोलेर हेर्नुपर्छ । सर्भेहरु पनि १–२ पल्ट दोहोर्‍याएर गर्नुपर्ने हुन्छ । र यस्तो बेलामा प्रक्रिया अलि छिटो र ढिला हुनसक्छ । क्यासलेस इन्स्योरेन्स्मा यति नै रकम दावी गर्न पाइन्छ भन्ने हुँदैन ।
 
 
यो सेवा सीमित ग्राहकहरुका लागि मात्रै हो कि अरु पनि यसबाट लाभान्वित हुनसक्छन् ?
 
यो सेवा सबैले पाउनुहुन्छ । यसको लागि तपाईँसँग टाटाको गाडी हुनुपर्‍याे र त्यसपछि सर्वग्राही इन्स्योरेन्स नियम हुनुपर्‍याे । यी दुई कुरा भएपछि यो सुविधा सबैले पाउनुहुन्छ । र यो सुविधा हाल सिप्रदीको नेपालभरको सबै नेटवर्कमा उपलब्ध छ । 
 
 
शिखर इन्स्योरेन्ससगँ मिलेर ल्याइएको यो इन्स्योरेन्स अवधारणाको महत्व के छ ?
 
क्यासलेस इन्स्योरेन्स अटोमोबाइल्स र इन्स्योरेन्स क्षेत्रकै लागि परिवर्तित र नयाँ उत्पादन हो । यसले अटो मोबाइल्सका साथै इन्स्योरेन्स क्षेत्रलाई पनि निकै ठूलो सहयोग गर्छ । हाम्रो पहिलो प्राथमिकता र उद्देश्य भनेको ग्राहकहरुको छनोट नै हो । र हामीले ल्याएको यो सुविधा पनि नवीनतम र ग्राहकको सेवाको लागि हो । अनि अर्काे दुर्घटना कुनै पनि बेला हुनसक्छ र दुर्घटना भएपछि हुने पीर, चिन्ता, त्यसको तनाव घटाउनलाई चाहिँ यो क्यासलेस इन्स्यारेन्सले मद्दत गर्छ । 
 
दोस्रो कुरा प्रायजसो इन्स्योरेन्स कम्पनीहरुले प्रिमियम तिर्दा पैसा लिन्छन् तरपछि दावी गर्दा चाहिँ रकम दिँदैनन् भनेर भन्ने गरेको नकारात्मक प्रतिक्रियाहरु पायौँ । र यो हामीले हाम्रै ग्राहकहरुमा पनि पायौँ । हामीले हाम्रो गाडी खरिद गर्ने ग्राहकहरुलाई यहीबाट पनि बीमाको व्यवस्था गरेको छौँ तर त्यसमा पनि हाम्रा ग्राहकहरुले बीमा गरेको इन्स्योरेन्स कम्पनीबाट रकम पाइएन भन्ने प्रतिक्रिया दिनुभयो । र यो सबै धारणा र विचारहरु परिवर्तन गर्नको लागि पनि यो सुविधाले मद्दत गर्नेछ । 
 
यसमा ग्राहकहरुले आफूले पाउने पैसा बिना झन्झट छिट्टै पाउने र छिट्टै मर्मत सम्भार सकेर आफ्नो गाडी सडकमा लिएर निस्किन सक्ने अवस्था हुन्छ । तेस्रो कुरा हामीले यसलाई सुरक्षाको बिषयमा पनि ल्याएर जोड्यौँ । गाडी दक्ष मेकानिक र आधिकारिक सर्भिस सेन्टरमा बनाउँदा राम्रो हुन्छ । सुरक्षा र नाफाको हिसाबले पनि हामीले हाम्रोमा आएर बनाओस् भन्ने चाहाना हुनु स्वभाविक हो । र आधिकारिक सर्भिस सेन्टरबाहेक अरु बाहिर सवारी नबनोस् भनेर पनि हामीले यो सुविधा ल्याएका हौँ ।
 
 
यो सुविधाका लागि कुन कुन इन्स्योरेन्स कम्पनीसँग सिप्रदीले साझेदारी गरेको छ ?
 
यसमा हामीले पाइलट प्रोजेक्टको रुपमा शिखर इन्योरेन्सबाट सुरुवात गर्‍यौँ र प्रक्रियाहरुमा केही फेरबदल गरेर हामीले क्यासलेस इन्स्योरेन्स सजिलै बढ्ने बनायौँ । यो गरेपछि अहिले हामीले यसलाई प्रमुख ४ ओटा इन्स्योरेन्स कम्पनीसँग साझेदारी गर्यौँ । एनएलजी इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्ससगँ हाम्रो साझेदारी रहेको छ भने अरु मुख्य इन्स्योरेन्स कम्पनीसँग पनि कुरा भैरहेको छ । 
 
अब छिट्टै २–३ ओटा इन्स्योरेन्स कम्पनीसँग थप सम्झौता हुन्छ । हाम्रो सोच चाहिँ यसलाई ग्राहकको सुविधाको लागि धेरैै इन्स्योरेन्ससँग बढाउनु हो । जसको कारण जुनसुकै इन्स्योरेन्समा गएर बीमा गरेको भए पनि हाम्रा ग्राहकले मर्मतको लागि हाम्रो सर्भिस सेन्टरमा आउँदा क्यासलेसको सुविधा पाउन सकून् ।
 
 
यसरी बीमा कम्पनीसँग सम्झौता बढाउँदा ग्राहकहरुले के फाइदा पाउनुहुन्छ ?
 
ग्राहकहरुले छान्न पाउनुहुन्छ । अब एउटा मात्र इन्स्योरेन्स कम्पनीसँग सम्झौता गर्दा दुर्घटनापछि निश्चिन्त हुनको लागि त्यही इन्स्योरेन्समा जानुपर्ने हुन्छ । यसले गर्दा ग्राहकहरुले छान्न पाउनु भएन । यो प्रतिस्पर्धाको जमानामा ग्राहकले आफ्नो चाहना र इच्छा अनुसार आफूले रोजेको इन्स्योरेन्स कम्पनीमा गएर बीमा गरुन् भनेर एउटै इन्स्योरेन्समा सीमित नरहेर विस्तार गर्न खोजेका हौँ ।
 
 
अहिलेसम्म कति ग्राहकहरुले यो सुविधा लिइसक्नु भयो ?
 
संख्याको कुरा गर्दा अहिलेसम्म १०० जना ग्राहकले लिइसक्नुभयो । रकमको हिसाबले भन्दा १ करोडको हाराहारीमा रहेको छ । संख्याको हिसाबमा यो अलि कम छ तर खुसीको कुरामा निकै माथि हो । सोच्दै नसोचेको ग्राहकले दुर्घटनापछि कसरी बनाउने होला, के गर्ने होला, कति पैसा लाग्ने हो, इन्स्योरेन्सले के के भन्ने हो, सर्भेले के भन्ने हो भन्ने तनाव हुन्छ ।
 
हाम्रो सर्भिस सेन्टर आउँदा तपाईँका लागि क्यासलेस इन्स्योरेन्स छ । तपाईँले यो डकुमेन्ट दिनुहोेस्, यति रकम तिर्नुहोेस् बाँकी हामी गर्छाैँ, केही गर्नु पर्दैन भन्दा ग्राहकहरुको अनुहारमा आउने खुसी चाहिँ हाम्रो कमाइ हो ।
 
 
यो योजना क–कसले जाँच गर्छ ?
 
यो टाटा मोर्टस् र इन्स्योरेन्सले गर्छ । टाटा मोर्टससँग दक्ष प्राविधिक र इञ्जिनियर छन् । उहाँहरुलाई पनि यो बीमाको मूल्यांकन कसरी गर्ने, बीमामा के हुन्छ भन्ने कुराको सम्बन्धमा अभिमुखीकरण तालिमहरु दिएका छौँ । 
 
जति बेलासम्म एउटा ग्राहकको गाडीको मर्मत भइसक्छ, त्यति बेलासम्म इन्स्योरेन्सको प्रक्रिया पनि सकिन्छ । त्यो दावी गरेर रकम प्राप्त गर्ने समयसम्म पनि भएन भने त्यसको जिम्मा सिप्रदीले लिन्छ । गाडी मर्मत भैसकेपछि इन्स्योरेन्सबाट पैसा आएको छैन, तपाईँको गाडी दिँदैनौँ भनेर हामी भन्दैनौँ । हामी गाडी दिन्छौँ र ग्राहकले निर्धक्क चलाउन सक्नुहुन्छ । बीचको समयको जिम्मा पनि सिप्रदीले लिएको हुन्छ ।
 
 
बीमाको रकम भुक्तानी गर्दा मानवीय त्रुटिका कारणले हुने दुर्घटना र प्राविधिक त्रुटिका कारण हुने दुर्घटनाले केही फरक पार्छ ?
 
दुर्घटना कुनै न कुनै त्रुटिका कारण हुने भएकोले दुर्घटनापछि दावी रकम भुक्तानीमा यसले असर गर्दैन । कुनै न कुनै कारणले दुर्घटना हुने भएकोले बीमाको नियमअनुसार त्यसको मूल्याकंन हुने हुँदा क्षतिपूर्ति पाइन्छ ।
 
 
 
यस क्यासलेस इन्स्योरेन्स सम्बन्धि विषय उज्यालो रेडियोका राेशन केसीद्वारा सिप्रदी ट्रेडिङ प्रा .लि. प्रशासन शाखाका महाप्रबन्धक प्रभाकर मुनकर्मिसगँकोे अन्तरवार्ताबाट निकालिएको हो  ।
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001