सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश
एनएलजी, प्रिमियर र ओरियन्टल इन्स्योरेन्ससँग बीमासम्बन्धी सम्झौतामा हस्ताक्षर
 
 नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र ओरियन्टल इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । काठमाण्डौँ स्थित सिप्रदी टेड्रिङ प्रा. लि.को मुख्य कार्यालयमा आयोजित एउटा समारोहका माझ उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सिप्रदी कम्पनीजका उपाध्यक्ष श्री सौरभराज थपलिया, सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठ तथा सिप्रदी कम्पनीजका प्रमुख अपरेटिङ अधिकृत श्री राजेश गिरीको उपस्थितिमा कम्पनीजका तर्फबाट सम्झौता(पत्रमा हस्ताक्षर गर्नुभयो भने एनएलजी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुनिल पन्त, प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीसुधुम्न प्रसाद उपाध्याय र ओरियन्टल इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक श्री एम.डी नायरले सम्झौता(पत्रमा हस्ताक्षर गर्नुभयो । 
 
यसअघि सिप्रदीले शिखर इन्स्योरेन्ससँग क्यासलेस बीमा गरेको थियो जुन नेपालकै पहिलो हो । 
 
यो योजनाका मार्फत् दुर्घटना भएको खण्डमा टाटा मोटर्सका गाडीका खरिदकर्ताहरू सिप्रदीको बृहत् सञ्जाल भएको सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन् ।
सिप्रदीका ग्राहकहरूलाई द्रुत, सहजै प्राप्त गर्न सकिने र झञ्झटमुक्त सेवाहरू प्रदान गर्न यो व्यवस्था फाइदाजनक साबित हुनेछ । सिप्रदीले हालसम्म चारवटा बीमा कम्पनीहरूसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसकेको छ र आगामी दिनमा अझ धेरै ग्राहकहरूलाई सेवा उपलब्ध गराउने उद्देश्य सहित अन्य बीमा कम्पनीहरू सँग सहकार्य गर्ने योजना रहेको छ ।
 
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001