नेपालमै पहिलो पटक गाडीहरूको अक्सन मेला हुँदै

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको सह-कम्पनी सिप्रदी अर्स्योडको आयोजनामा नेपालमा गाडीहरूको बृहत अक्सन मेला हुने भएको छ ।

मेला शुक्रवार र शनिवार आयोजना हुने कम्पनीले जनाएको छ । सिप्रदी अर्स्योड प्रालि थापाथलीमा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म मेला चल्नेछ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको दावी गरिएको यस मेलामा विभिन्न ब्राण्डका ६० भन्दा बढी ब्राण्डेड गाडीहरू प्रदर्शनमा राखिनेछ ।यस मेलामा ग्राहकले आफूलाई मन परेका गाडी खरिद गर्न सकिने बताएको छ । मेलामा वारेन्टीसहित गाडीहरूको नामसारी पनि गर्न सक्ने सुविधा रहेको आयोजक कम्पनीले बताएको छ । अर्स्योडले ‘सेकेन्ड हृयान्ड’ गाडीहरूको बिक्री वितरण तथा सट्टापट्टा गर्दै आएको छ ।

Download

Archive

सन्दिप र सिप्रदीबीच ३ वर्षे सम्झौता, पाए कार उपहार
टाटा मोटर्सको आधिकारी बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिएको छ ।  कम्पनीले लामिछानेसँग आफ्नो ... 23 May 2018
बुटवलमा टाटा मोटर्स कार मेला सुरु
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि र सिप्रदी ट्रेडिङ्गका लागि आधिकारिक वितरक सफल अटो इन्टरनेशनल को संयुक्त सहकार्यमा ... 25 May 2018
एक्साइडद्वारा डिलरहरुलाई दुबई र अजरबैजनको भ्रमण
सिप्रदी ट्रेडिङ्ग प्रा. लि. अन्तर्गत एक्साइड ब्याट्रीले हालै आफ्ना डिलरहरुलाई दुबई र अजरबैजनको भ्रमण गराएको छ । उक्त भ्रमणमा कम्पनीले डिलर मिटको आयोजना ... 14 June 2018
BPCL Launches New Packaging of Lubricants
Global Fortune 500 and Indian Maharatna company, Bharat Petroleum Corporation Ltd, launched a completely new packaging range for their flagship brand – ... 16 June 2018