बुटवलमा टाटा मोटर्स कार मेला सुरु

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि र सिप्रदी ट्रेडिङ्गका लागि आधिकारिक वितरक सफल अटो इन्टरनेशनल को संयुक्त सहकार्यमा टाटा मोटर्स कार मेला आजबाट बुटवलस्थित क्लव डी नोभोमा सुरु भएको छ ।

उक्त मेला जेठ ११, १२ र १३ गते बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ । आफ्नो वर्गको अन्य कार्यक्रमहरुमध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस कार मेलाले ग्राहक तथा दर्शकहरुबाट धेरै भन्दा धेरै सकारात्मक प्रतिक्रियाहरु पाइरहेको हुनाले यो बर्षदेखि बुटवलमा पनि आयोजना गर्न लागिएको हो ।

यस मेलामा ग्राहकहरुले विभिन्न आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्न सक्नेछन् ।

यस वर्ष टाटा कार मेलाका मुख्य आकर्षणहरुका रुपमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, स्विमिङ्ग पुल, नेल आर्ट, फेस पेन्टिङ्ग, फोटोसुट, फुड स्टल लगायत विभिन्न साङ्गितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् ।
साथै उक्त मेलामा टाटा मोटर्सद्वारा नयाँ पुस्तालाई लक्षित गरी तयार गरिएको टाटा नेक्सन कारको बृहत प्रदर्शनी तथा टेस्ट ड्राइभ गर्न सकिने कुरा कम्पनीले जानकारी गराएको छ ।
विशेष गरि कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको उक्त कार मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

 

Download

Archive

निःशुल्क ब्याट्री मर्मत गरिदिँदै सिप्रदी
बाटोमा जाँदाजाँदै तपाईंको गाडीको ब्याट्रीमा समस्या देखियो भने तपाईं के गर्नुहुन्छ ? पक्कै कोही मेकाानिकलाई फोन गर्नुहुन्छ । मेकानिकले यसका लागि पक्के ... 23 July 2018
सिप्रदीले ल्यायो ‘आफ्नो गाडी, आफैं सवारी’ अभियान
टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘आफ्नो गाडी आफै सवारी’ नामक ब्यबसायिक अभियान सुरु गरेको छ । यो अभियान ... 07 August 2018
नेक्सनले पायो दुर्घटनाको सुरक्षा परीक्षणमा ४ स्टार
ग्लोबल न्यु कार एसेसमेन्ट प्रोग्रामले टाटाको एसयूभी नेक्सनको क्रयास टेस्टको नतिजा सार्वजनिक गरेको छ । टेस्टमा नेक्सनले राम्रो नतिजा ल्याएको छ । ... 16 August 2018
भदौ १देखि टाटा मोटर्स कार मेला सिजन-६
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बाषिर्क रुपमा आयोजाना गर्दै आइरहेको टाटा मोटर्स कार मेलाको सिजन-६ भदौ १ ... 16 August 2018