सन्दिप र सिप्रदीबीच ३ वर्षे सम्झौता, पाए कार उपहार

टाटा मोटर्सको आधिकारी बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिएको छ । 

कम्पनीले लामिछानेसँग आफ्नो प्रोडक्टहरुको प्रर्वद्वन गर्नको लागि भन्दै तीन वर्षको सम्झौता गर्दै २५ लाख मूल्यको कार उपहार दिएको हो । बुधबार राजधानीको होटल सोल्टीमा आयोजित कार्यक्रममा सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहालले सिप्रदी ट्रेडिङ नेपाली क्रिकेटमा जहिले पनि कटिबद्व रहेको भन्दै सन्दिपलाई कारको चाबी हस्तान्तरण गरे । 

साथमा दाहालसँगै सन्दिपलाई कारको चाबी सीईओ राजनबाबु श्रेष्ठ र टाटा इन्डियाका नेपाल प्रमुख अजितनारायण सिंहले सन्दीपलाई गाडीको चाबी हस्तान्तरण गरेका थिए । कार्यक्रममा निर्देशक दाहालले कलिलो उमेरमै आइपिएलसँग सम्झौता गर्न सफल र किक्रेटको घर लर्डसमा खेल्ने पहिलो किक्रेट खेलाडी रहेका भन्दै लामिछानेको प्रशंसा पनि गरेका थिए । कम्पनीले कार्यक्रममा यसअघि सिएसआर विङ सिप्रदियन सहायता संस्थामार्फत नेपाली किक्रेट टिमका आरिफ सेख र सुनिल धमलालाई पछिल्लो डेढ वर्षदेखि सहयोग गर्दै आइरहेको जानकारी पनि दिएको थियो । 

सिप्रदी ट्रेडिङ प्रा.लि. नेपालमा गाडीहरु र त्यससँग सम्बन्धित व्यवसायहरु सञ्चालन गर्ने एउटा प्रतिष्ठित कम्पनी हो । जुन सन् १९८२ देखि टाटा मोर्टस नेपालमा एक मात्र आधिकारी विक्रेता हो । 

 

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001