अटोमोबाइल क्षेत्रमा सिप्रदीले अटो इलेक्ट्रिसियन तालिम सञ्चालन गर्दैछ

बढ्दो आधुनिकता र सेवा सुविधा उपभोगी समाजको विकाससँगै पछिल्लो समय बजारमा अटोमोबाइलको माग बढ्दै गएको छ । हिजोसम्म मान, प्रतिष्ठा र इज्जतसँग मात्र जोडेर हेर्ने गरिएको अटोमोबाइल क्षेत्रलाई आज आवश्यकताको उपजका रूपमा लिन थालिएको छ । त्यसो त विकास, निर्माण, उन्नति, प्रगति र समृद्धिको आधारसमेत अटोमोबाइल र सडक सञ्जाललाई नै लिइएको छ । त्यसैले आजभोलि बजारमा अटोको माग दिनप्रतिदिन बढ्दै गएको छ ।

यातायात व्यवस्थापन विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा मात्र आजको दिनमा ४० लाखको हारहारीमा सवारी साधन पुगिसकेको छ ।

आजको दिनमा विश्व बजारमा उत्पादित एकसे एक अटो उत्पादनले नेपाल प्रवेश पाइरहेको छ । अटो व्यवसायीहरुले दोस्रो, तेस्रो मुलुकहरुबाट उच्च टेक्नोलोजीमा आधारित सवारी साधनहरु नेपाल भित्र्याइरहेका छन् । तर नेपाली अटोमोबाइल क्षेत्रको बिडम्बना आधुनिक टेक्नोलोजीसँगै सोही अनुरूपको वर्कसप सेवा तथा सर्भिसिङ सेवालाई बढवा दिन सकिरहेका छैनन् । बजारमा दक्ष जनशक्तिको अभाव छ । गाडीको टेक्नोलोजी अनुरूपका वर्कसप मेनपावर ९कामदार० तयार गर्न सकिरहेका छैनन् । यस्तो अवस्थामा अहिले सवारी साधनको माग र प्रयोगभन्दा पनि सवारी साधनको व्यवस्थापनको विषय थप चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा सरकारले समेत अटोमोबाइल क्षेत्रको सुधारमा काम गर्न नसकिरहेको अवस्थामा समस्याको समाधानका लागि निजी क्षेत्रबाट सकारात्मक पहल भएको छ ।
 
नेपाली अटोमोबाइल क्षेत्रको अग्रणी संस्था टाटा मोटर्सका लागि एक मात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले अटोमोबाइल क्षेत्रको प्राविधिक पक्षलाई सम्बोधन गर्ने बजारमा जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपालमै अटो इलेक्ट्रिसियन तालिम सञ्चालन गर्दैछ । के हो त अटो इलेक्ट्रिसियन तालिम रु यसमा ककसले भाग लिन पाउँछन् रु आउनुहोस् हेरौँ सिप्रदी ट्रेडिङ प्रालिका एचआर हेड सारदा रानासँगको यो वार्ता:
 
टाटा मोटर्सले प्राविधिक तथा व्यावहारिक तालिम सञ्चालन गर्दै छ । यो कस्तो खालको तालिम हो रु यसबाट कोको लाभान्वित हुनेछन् र?
 
हामीले सञ्चालन गर्न गइरहेको तालिम विशुद्ध प्राविधिक ९टेक्निकल० तालिम हो । यसमा समग्र अटोमोबाइल क्षेत्रको प्राविधिक पक्षको सिकाइ हुन्छ । बढ्दो आधुनिकतासँगै पछिल्लो समय अटोमोबाइलमा आएको परिवर्तनसँगै आज उच्च टेक्नोलोजीमा आधारित गाडी आइरहेका छन् । उच्च टेक्नोलोजीसँगै आएको गाडीको नवीनतम प्रविधि अनुरूप सर्भिस सेवा सञ्चालन गर्नु आजको चुनौती हो । यस्तो अवस्थामा अटो व्यवसायीहरुका लागि प्राविधिक सेवा सर्भिसको व्यवस्थापनको जिम्मेवारी थपिएको छ ।
 
प्रमुखतः गाडी आयात गर्नु र बिक्री गर्नु मात्र ठूलो कुरो होइन, गाडी बेचेपछिका सेवा प्रभावकारी रूपमा दिन सकिन्छ कि सकिँदैन भन्ने कुरा ठूलो हो । गाडी बेच्ने र बेचिसकेपछि आएको समस्या फेस गर्न सकिएन भने त्यसको कुनै अर्थ रहँदैन । अहिलेको अटो बजारको प्रमुख समस्या भनेको दक्ष जनशक्तिका अभाव हो । त्यसैको परिपूर्तिमा हामी लागेका छौँ । बढ्दो अटो बजारमा दक्ष प्राविधिक जनशक्तिको अभावमा त्यस्तो जनशक्ति उत्पादनमा सिप्रदी ट्रेडिङले अटो इलेक्ट्रिसियन तालिम सञ्चालन गर्न लागेको हो । यसले अटोमोबाइल क्षेत्रको दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्‍याउँछ भन्ने हो । यसले हामीलाई मात्र नभएर समग्र अटोमोबाइल क्षेत्रलाई नै फाइदा पुग्नेछ । ट्रेनरहरुका लागि त फाइदा पुग्ने नै भयो ।
 
अटो प्राविधिक तालिम तपाईंहरुको एकल पहलमा भएको हो कि कुनै सङ्घ संस्था वा निकायसँगको पहलमा हो रु यस किसिमको तालिममा कोको समावेश हुन पाउँछन् र?
 
अटो इलेक्ट्रिसियन ट्रेनिङ विशुद्ध सिप्रदी ट्रेडिङको एकल पहलमा आएको निजी ६ महिने निःशुल्क प्राविधिक तालिम कार्यक्रम हो । यसमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका योग्यता पुगेका इच्छुक नेपालीहरुले भाग लिन पाउँछन् । यसका लागि हामीले केही प्रावधानहरु राखेका छौँ ।
 
१८ वर्ष पूरा भई २५ वर्ष ननाघेका जोकोहीले दर्खास्त दिन सक्ने छन् । सीमित सिटमा लिइने यस कार्यक्रमका लागि टीएसएलसी उत्तीर्ण गरेको वा औपचारिक शिक्षामा १० कक्षा उत्तीर्ण गरेकालाई कार्यक्रममा समावेश गर्ने नीति हो । त्यस्तै, राष्ट्रिय सीप परीक्षण समितिबाट अटोमोबाइल विषयमा लेभल वानरलेभल टु उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरुलाई तालिममा सहभागी हुन कम्पनीले आग्रह गरेको छ । यस्तो प्रावधान राख्नुमा प्राविधिक पक्षको तालिम भएकाले कम्पनीले शिक्षित व्यक्तित्व खोजेको हो ।
 
सैद्धान्तिक शिक्षा लिएर प्रयोगात्मक तालिमको खोजीमा रहेकाहरुका लागि यो उत्तम अवसर हो । त्यसैले त्यस्ता इच्छुक व्यक्तिहरुका लागि यस्तो सुवर्ण अवसरको फाइदा उठाउन हुन हामी आग्रह गर्छौं । इच्छुक व्यक्तिहरुले यही पौष २९ गतेसम्ममा दरखास्त बुझाउन सक्नुहुनेछ भने, सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुबाट तालिमका लागि दरखास्त खुल्ला गरिएको छ । 
 
प्राविधिक पक्षसँग जोडिएको यस्तो तालिम सिप्रदीले पहिलो पटक सञ्चालन गर्न लागेको हो कि योभन्दा पहिला पनि यस्तै कुनै तालिम सञ्चालन गरिसकेको छ र?
 
अटो मेकानिक्स वा अटो वर्कसपसम्बन्धी विविध तालिमहरु त हामीले बेलाबेलामा दिइ नै राखेका हुन्छौँ । तर प्राविधिक पक्षको यस्तो तालिम भने समय अनुकूल राख्ने गर्छौं । अहिले सञ्चालन गर्न गइरहेको अटो इलेक्ट्रिसियन तालिम चौथो संस्करणको तालिम हो । योभन्दा अघि हामीले यस्ता तीनवटा तालिम सञ्चालन गरिसकेका छौँ ।
 
यसभन्दा अघि सञ्चालन गरिएका तीनवटा तालिमहरुले कस्तो खालको उपलब्धि हात लाग्यो रु अहिले कस्तो खालको अपेक्षा राख्नुभएको छ नि र?
 
हाम्रो लक्ष्य तालिमका लागि तालिम मात्र होइन उपलब्धिमूलक तालिम हो । अहिलेको बजारको माग अनुरूप दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो ध्येय हो । त्यसमा हामीले सञ्चालन गरेका कार्यक्रमहरु प्रभावकारीमूलक नै रहेको पाएका छौँ ।
 
विगतमा हामीले सञ्चालन गरेका कार्यक्रमबाट प्रशिक्षित भएका व्यक्तित्वहरुले अहिले कुनै न कुनै क्षेत्रमा रहेर काम गरिरहेका छन् । कसैले आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् त कसैले अरूकोमा जागिर गरिरहेका छन् । कतिले त हाम्रै कम्पनीमा जागिर खाइरहेका छन् । जे होस् यो तालिमले मुलुकमा दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सहयोग गरिरहेको छ । जसले गर्दा हाम्रो ग्राहकहरुलाई समयमा उत्कृष्ट सेवा दिनु नै हो । अहिलेको हाम्रो लक्ष्य पनि यही हो ।
 
 
हामीले चलाएको प्राविधिक तालिमले कम्तीमा बजारको माग पूरा गरोस् र यस्तो खालको तालिमको खोजीमा रहेकाहरुको अपेक्षा पूरा होस् भन्ने हो । यस्तो खालको तालिमले मुलुकमा रोजगारीको सिर्जना गरोस् भन्ने उद्देश्य पनि हो । यो हाम्रो अपेक्षा पूरा हुनेमा ढुक्क छौँ ।
 
तालिमपछि प्रशिक्षार्थीका लागि कुनै जब ग्यारेन्टी छ र?
 
यस्तो व्यवस्था चाहिँ छैन । हामीले दिने तालिमपश्चात प्रशिक्षार्थीहरुका लागि जब ग्यारेन्टी भनेका छैनौँ । तर राम्रो, उत्कृष्ट गर्नेले अवसर नपाउने भन्ने चाहिँ होइन ।
 
तालिममा उत्कृष्ट गर्नेले अवसर पाउन पनि सक्छन् । त्यस्ता व्यक्तिलाई हाम्रै कम्पनीमा अवसर प्रदान गर्न सकिन्छ । जुन पहिला चलाइएका तालिमहरुबाट आएका प्रशिक्षार्थीहरुले पनि पाएका थिए । कतिले अहिले टाटा कम्पनीमा नै काम गरिरहेका छन् ।
 
तालिमको उद्देश्य बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने हो । उत्पादनपछि जो जहाँ पनि जान सक्छन् । जुन जनशक्तिहरुलाई काम लाग्न पनि सक्छ र हामी आफैलाई काम लाग्न पनि सक्छ । यो तालिमलाई यसरी बुझौँ प्रशिक्षार्थी वा आवेदकको छनोट कसरी गर्नुहुन्छ र?
 
अहिलेको समय प्रतिस्पर्धीको युग हो । जुन क्षेत्रमा जो सक्षम हुन्छ उसैले अवसर पाउने हो । तर यसो भन्दैमा बन्देज हुँदैन । अटो इलेक्ट्रिसियन तालिमका लागि हामीसँग सीमित सिट छ । ६ महिने कोर्सका लागि जम्मा १० जनालाई तालिम प्रदान गर्दै छौँ । त्यसमा बेसिक कोर्सदेखि इन्टरमिडिएट र डिप्लोमासम्मको कोर्सको सिकाइ हुन्छ । यसका लागि उपयुक्त प्रशिक्षार्थी छनोट गर्नुपर्ने हुन्छ । त्यसैले हामीले शैक्षिक कन्डिसन ९प्रावधानहरु० राखेका छौँ । त्यसबाहेक अन्तरवार्तालाई पनि प्रशिक्षार्थी छनोटको आधार बनाएका छौँ । यदि तालिमका लागि आवेदन माग गरेभन्दा बढी परे मात्र यसो गरिनेछ । 
 
तपाईंसँग लामो अटो अनुभव छ । करिब दुई दशक अटोमोबाइल क्षेत्रमा नै विताइसक्नु भएको छ । अहिलेको समग्र अटोमोबाइलको सिनारियोलाई कसरी अनुभव गर्दै हुनुहुन्छ र?
 
अहिलेको समय उपभोगको समय हो । जो कोहीका लागि नयाँ नयाँ प्रयोग र चाहनाले पिरोलेको छ । त्यसैले पछिल्लो समय अटोमोबाइल क्षेत्रमा तीव्र विकास, विस्तार र प्रयोग बढेर गएको छ । आफ्नै उत्पादन नभएको नेपाल आज अटो हब बन्दै छ ।
 
पहिले पहिले साधारण सवारी साधनहरु मात्र आउँथे । जुन परम्परागत तरिकाले सेवा सर्भिस गरे पनि कुनै कठिन थिएन । तर अहिले बढ्दो प्रविधिसँगै उच्च टेक्नोलोजीमा आधारित सवारी साधनहरु देशमा भित्रिरहेका छन् । सोही अनुरूप टेक्निकल पक्ष सुधार्नु र व्यवस्थित गर्नु अहिलेको चुनौती बनेको छ । अहिले हामीले त्यसको सम्बोधनको पहल गरिरहेका छौँ ।
 
अटोमोबाइल इन्डस्ट्रीमा टेक्निकल मेनपावरको मागको परिपूर्तिका लागि सिप्रदी ट्रेडिङ तथा टाटा मोटर्सले अटो इलेक्ट्रिसियन तालिम सञ्चालन गर्दैछ ।
 
(In conversation with Ratopati)
 

 

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001